बुटवल, मंसिर २० गते । रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा लुम्बिनी एक्स्पो–२०८० हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ लुम्बिनी एक्स्पो आयोजना हुंदै छ ।

लुम्बिनी एक्स्पो पुस ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजक संस्था रुपन्देही व्यापार संघले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । लुम्बिनी एक्स्पो बुटवल मण्डपमा सञ्चालन गरिने छ । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो आयोजनाले राष्ट्रको आर्थिक गतिविधि चलायमान हुने र व्यवसायलाई थप चलाएमान बनाउने बताए ।स्थायी प्रदर्शनी स्थलमा फरक शैलीबाट नयां पनका साथ एक्स्पो सञ्चालन गरिने अध्यक्ष घिमिरेले दावी गरेका छन् । अध्यक्ष घिमिरेका अनुसार एक्स्पोमा १० लाख बढीले अवलोकन गर्ने र ५० करोड बढीको आर्थिक कारोवार हुने अपेक्षा ।

मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक सांस्कृतिक, पर्यटकीय तथा ऐतिहांसिक महत्व बोकेका सम्पदाहरुको प्रवद्र्वनात्मक प्रचार– प्रसार गरिने छ । मुल अयोजक समितिका संयोजकसमेत रहेका संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो सम्पन्न गर्न मिडियाको महत्वपूर्ण भूमिका रहने बताए ।

एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ५ सय भन्दा बढी स्टल रहने छन् ।
मेलामा स्वदेशी स्टलसहित भारत, पाकिस्तान, चिन र बंगलादेशका देशका पनि स्टलहरु रहने छन् । बुधबारसम्म ३ सय स्टल दर्ता भएको आयोजकहरुले बताएका छन् । एक्स्पोका सदस्य सचिव तथा संघका महासचिव दयानिधि भण्डारीले प्रदर्शनी स्थलमा एक्स्पोको आवश्यक तयारीका काम अन्तरगत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको जानकारी गराएका छन् । फरक परक धिाका उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिने महासचिव भण्डारीले बताए ।

एक्स्पो सम्पन्न गर्नका लागि संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा मुल आयोजक समिति तथा विभिन्न ४५ वटा उपसमितिहरु गठन गरिएको छ । आमउपभोक्ताको चहाना र समयको माग अनुसार विगतका आयोजनाहरुबाट शिक्षा लिएर कुनै पनि कमी हुन नदिने र नयां पनका साग एक्स्पो सञ्चालन गरिने आयोजकहरुले प्रतिवद्वता जनाएका छन् ।

रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको मेला आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स, सहआयोजक तिलोत्तमा, देवदह र सैनामैना व्यापार संघ रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुमिबनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्वक केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाण्डौ र बुटवल उपमहानगरपालिका मेला प्रवद्र्वकका रुपमा रहेका छन् । संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता र महासचिव दयानिधि भण्डारीको सञ्चालनमा भएको थियो ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञपतीको पूर्णपाठ

लुम्बिनी एक्स्पो–२०८०,अन्तर्राष्ट्रिय व्यापार मेला
पत्रकार सम्मेलन
२०८० मंसिर २०, बुटवल मण्डप, रुपन्देही
प्रेस विज्ञप्ती

सर्वप्रथम हाम्रो निमन्त्रणालाई स्वीकार गरी हामीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनु भएकोमा यहाँहरु सबैमा मेरो व्यक्तिगत तथा संघको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्दछु । यसैगरी कार्यक्रममा उपस्थित हुनु भएका संघका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, निवर्तमान अध्यक्षज्यू, सल्लाहकारज्यूहरु, कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरु एवं सम्पूर्णमा न्यानो अभिवादन गर्दै स्वागत गर्दछु ।
संघले आयोजना गरेका हरेक कार्यक्रममा यहाँहरुको उपस्थिति, सहभागिता एवं सुझाव र सल्लाहले सधै प्रेरणा मिल्नुका साथै काममा हौसला मिल्दै आएको छ र आगामी दिनमा पनि तपाईहरुको साथको अपेक्षा गर्दै आज हामी यहाँहरुलाई आमन्त्रण गरेका हौं । बुटवलमा आयोजना हुने मेला, महोत्सव तथा एक्स्पोमा देशभरका उपभोक्ता, दर्शक, आम व्यवसायीहरुको चासो हुने गर्दछ । बुटवलमा आयोजना हुने मेला महोत्सव अन्य जिल्लाका लागि प्रेरणा बन्ने गर्दछन्, त्यसैले यसको स्तर घट्न दिनु हुदैन भन्ने हाम्रो मान्यता रहि आएको छ ।
प्रमुख व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको संरक्षणका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ वि.सं.२०५७ साल कार्तिक २८ गते स्थापित संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नारा मा यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको व्यहोरा अनुरोध गर्दछौं ।
देशको अर्थतन्त्र, व्यापार व्यवसाय विना चलायमान हुन सकेको छैन । कोभिडसंगै विश्वमा भएका विभिन्न घटनाक्रमले थला परेको अर्थतन्त्रलाई चलायमान गराउन हामी सबैको प्रयास हुनु जरुरी छ । त्यही अभिप्रायका साथ संघले एक्स्पो आयोजना गर्न लागेको छ । एक्स्पोको आयोजनाले व्यापार व्यवसायलाई चलायमान बनाउन मद्दत गर्ने अपेक्षा लिएका छौं तथापी हामीले आयोजना गर्ने एक्स्पोलाई संस्थागत हितमा मात्र सीमित राख्ने गरेका छैनौं । हामीले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ भनेर विगतका वर्षहरुमा जस्तै विशेष काम र दायित्वहरु पुरा गर्ने लक्ष्य लिएका छौं ।
संघले यस पटक आयोजना गर्ने एक्स्पो स्थायी प्रदर्शनी स्थलमा बन्दै गरेको आधुनिक प्रर्दशनी केन्द्रमा फरक शैलीमा गर्न गैरहेका छौं । त्यसैले क्षमताले भ्याएसम्म राम्रो र नयाँ बनाउने प्रयास गरेका छौ । समग्रमा प्रदर्शनी, मेलाका स्वरुप र लक्ष्य एकै प्रकारका हुने गरेको भएपनि हामी एक्स्पोलाई फरक शैली र सहभागिताका आधारमा फरक बनाउने प्रयासमा छौ ।
पत्रकार मित्रहरु,
यस पटकको एक्स्पोमा ५०० बढि स्टल सहभागिता गराउने, १० लाख बढि दर्शकले अवलोकन तथा करिब ५० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरेका छौं । एक्स्पोको तयारीका लागि कात्र्तिकको तेश्रो सातादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थापना गरि एक्स्पोका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु गर्दै आएका छौं ।
व्यावसायिक विविधताको समागम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक, शैक्षिक तथा यातायातको शहर बुटवलमा आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सावित हुने विश्वास लिएका छौं । यस मेलामा गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गरिनेछ । यस क्षेत्रका तरकारी तथा फलफूल एवं कृषि उत्पादनका हिसाबले भइरहेको उत्पादनलाई व्यवस्थित र प्रचुर सम्भावनालाई दृष्टिगत गरी मेलामा फरकफरक प्रकृतिका कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान संचालन गर्ने उद्देश्य रहेको छ । एक्स्पोको आयोजनाले बुटवल तथा समग्र राष्ट्रकै आर्थिक गतिविधि चलायमान बनाउन योगदान दिने अपेक्षा लिएका छौं ।
हामीले एक्स्पोको तयारी आम उपभोक्ताहरुको चाहाना र समयको माग अनुसार विगतका आयोजनाहरुबाट शिक्षा लिदै तयारीमा कुनै पनि कमी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं । यसको सफलताका लागि हाम्रो प्रयासलाई तपाईहरुको साथ पनि अपरिहार्य छ ।
रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, र बुटवल उपमहानगरपालिका, बुटवल रहने व्यहोरा जानकारी गराउदछौं । यस लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलालाई सफल बनाउनका लागि ४५ सदस्यीय मूल आयोजक समिति निमार्ण गरिएको छ । त्यसैगरी विभिन्न विषयक ४५ वटा उपसमिति गठन गरिएको र गठित उपसमितिहरुले आवश्यक तयारीका कामहरु अगाडि बढाइरहेकोे यस पत्रकार सम्मेलनमा जानकारी गराउँछौं ।
संघले एक्स्पोको समुद्घाटन सत्र अगावै बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने तथा व्यवसायीक संघसंस्थाहरुका सहभागितामा झाँकी सहित जनचेतनामूलक ¥याली निकाल्नुका साथै मेला अवधिमा मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम अन्तरगत लोक दोहोरी, डान्स आइडियल, लोक नृत्य, विद्यालय स्तरिय नृत्य लगायत प्रतियोगिता एवं चर्चित कलाकारहरुको प्रस्तुति समावेश गरिने छ । मेलाको तयारीका सन्र्दभमा विभिन्न विषयगत समितिहरुले आ–आफ्नो क्षेत्र र जिम्माको कामलाई सबैको सुझाव सल्लाह, सहयोग र साझेदारीका साथ अगाडि बढाएको जानकारी गराउन चाहन्छौं । समग्र मेलाको तयारीका लागि हामीलाई सञ्चार जगतको सहयोग एवं सल्लाह सुझावको जरुरी छ । सञ्चार जगत विना हाम्रो तयारी अपुरो हुनेछ भन्ने हामीलाई लागेको छ तसर्थ सञ्चार जगतबाट हामीले निरन्तर सुझावसहितको सहयोगको पूर्ण आशा राखेका छौं ।
पत्रकार मित्रहरु,
पौष ५ देखि १८ गतेसम्म (१४ दिनसम्म) संचालन हुने यो मेलामा दर्ता भएका स्टलहरु स्वदेशी तथा बिदेशी गरेर ५ सय बढी हुनेछन् । विभिन्न प्रकृतिका वस्तुहरु स्टलमा राखिने छ । मेलामा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

एक्स्पो गरिने र दिने सेवा वस्तुहरु ः
ड्ड दैनिक उपभोग्य वस्तु तथा सेवा
ड्ड साना तथा घरेलु उत्पादन
ड्ड जडिबुटी तथा कृषि उत्पादन
ड्ड औद्योगिक मेशिनरी तथा उपकरण
ड्ड हस्तकलाका उत्पादन
ड्ड अटोमोबाइल्स
ड्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स
ड्ड मोवाइल, सूचना प्रविधि
ड्ड टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर
ड्ड फर्निचर तथा फर्निसिङ्गका सामाग्री
ड्ड निर्माण सामाग्री
ड्ड शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था
ड्ड होटल तथा रेष्टुरेण्ट
एक्स्पोमा सहभागी स्टलहरुमध्येबाट फरक–फरक बिधाका उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । एक्स्पो स्थलमा प्राविधिक सेवा, इन्टरनेट सेवा मेला स्थलमा निशुल्क रुपमा वाईफाईको व्यवस्था गरिने छ । खानेपानी, शौचालय प्राथमिक उपचार सेवा र चौबिसै घण्टा कडा आन्तरिक तथा वाह्य सुरक्षा व्यवस्था एवं सहज ट्राफिक व्यवस्थापन समेत मिलाइने छ । मेलाको सम्पूर्ण गतिविधिहरु सुरक्षाको दृष्टि रेकर्ड राख्नुपर्ने तथा चौविसै घण्टा निगरानी गर्नुपर्ने भएकाले मेलाका महत्वपूर्ण क्षेत्रमा उच्च स्तरीय सिसि क्यामेराहरु जडान गरिने छ । संघले विगतमा सम्पन्न गरिसकेका मेलाहरुबाट बचत रकमलाई विभिन्न सामाजिक क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आएको स्मरण गराउन चाहन्छौं । यस मेला पश्चात पनि संघले शिक्षा, स्वास्थ्य तथा पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्य राखिएको छ ।
पत्रकार महानुभावहरु,
सुस्ताएको व्यवसायीक तथा आर्थिक क्षेत्रको विकासका लागि आयोजना हुन लागेको यस एक्स्पोलाई सफल बनाउन सम्पूर्ण क्षेत्रबाट सहयोग रहने हामीले विश्वास लिएका छौं । एक्स्पो सफल बनाउन सञ्चारकर्मी र सञ्चार जगतको पनि महत्वपूर्ण भूमिका रहने हुदा हाम्रो आयोजना सफल बनाउन सबै प्रकारको सहयोग, सद्भाव र सुझावको अपेक्षा गरेका छौं ।
अन्त्यमा, संघले आयोजना गर्न लागेको लुम्बिनी एक्स्पोलाई सफलतापूर्वक सम्पन्न गर्नका निम्ति सबैको सहयोग एवं सहकार्य जरुरी हुन्छ त्यसमा पनि संचार क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण र अपरिहार्य रहन्छ । यो मेला सबैको सहयोग र सहकार्यमा सफलतापूर्वक सम्पन्न हुनेछ भन्ने पूर्ण अपेक्षा गर्दै तपाईहरुको साथ, सहयोग र सुझाव सधै पाउने विश्वास गरेका छौं ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *