Lumbini Expo-2018, International Trade Fair

Full Website Coming Soon...

आधुनिक युगमा अर्थतन्त्रको सवलताका लागि वाणिज्य, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायात, उर्जा र कृषिको विकासका आवश्यक आधारहरु हुन् । तराई, पहाड र छिमेकी राष्ट्रसँग जोडिएको महत्वपूर्ण सुनौली नाका, पूर्व पश्चिम राजमार्गको मध्य भागमा अवस्थित, सबै क्षेत्रको विकासको बलियो सम्भावना बोकेको बुटवल, हरेक क्षेत्रको व्यावसायिक उर्वराभूमि हो । यसै वास्तविकतालाई आत्मसात् गर्दै पश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र रुपन्देहीमा व्यापारलाई आधुनिकीकरण एवं विशिष्टीकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको रक्षाका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ रुपन्देही व्यापार संघको स्थापना भएको हो । यस संघ अन्तरगत रुपन्देही जिल्लाका सयौं व्यावसायिक प्रतिष्ठानहरु आबद्ध छन् भने ग्रामीण क्षेत्रमा विभिन्न शाखा तथा इकाईहरु क्रियाशील रहेका छन् । दिन प्रतिदिन यस क्षेत्रमा व्यापार व्यवसाय वृद्धि हुँदै जानु र ग्रामीण क्षेत्रमा समेत व्यापार र बजार विस्तार भएको सन्र्दभमा व्यापारीहरुको सोंचमा फेरबदल भइरहेको अवस्थामा व्यापारका आफ्नै समस्या र कठिनाइहरुमा समय सापेक्ष परिवर्तनहरुले संघको स्थापनाको औचित्य सार्थक तुल्याएको छ ।

विशाल दुई छिमेकी राष्ट्रको व्यापारिक संजालभित्र अवस्थित सुन्दर हाम्रो देश नेपालमा विकासका प्रचुर सम्भावनाहरु रहेका छन् । स्रोत र साधन पर्याप्त भएर पनि यसको उचित व्यवस्थापन गर्न नसक्दा अविकसित राष्ट्रहरुको सूचिमा पर्दै आएको बिडम्बनापूर्ण स्थिति छ । सम्भावनाहरुलाई उजागर गर्न सके हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छौं । स्वदेशी तथा विदेशी उत्पादनसँग आम उपभोक्ताको प्रत्यक्ष सम्वाद र उपभोक्ताका लागि प्रेरित गर्ने उद्देश्यले संघले व्यापार मेला अटो प्रदर्शनी–२०६६, काठमाडौं बाहिर पहिलो पटक २०६९ पौष ६ देखि १७ गतेसम्म र २०७२ पौष ८ देखि २१ गतेसम्म बुटवलमा लुम्बिनी एक्स्पो,अन्तर्राष्ट्रिय व्यापार मेला अपार सफलताका साथ सम्पन्न गरेको थियो । पछिल्लो व्यापार मेलामा ६०० बढि स्टल, करिब १० लाख बढि दर्शकको सहभागिता तथा करिब ३५ करोड बराबरको कारोवार भएको थियो । मेलामा १२ वटा अलग अलग पेभेलियन निर्माण गरी सम्बन्धित वस्तु तथा सेवालाई छुट्टाछुट्टै प्रदर्शन गरिएको थियो । जसमा चिन, भारत, बंगलादेश, पाकिस्तान गरी ३० वटा अन्तर्राष्ट्रिय स्टलहरुसमेत समावेश भएका थिए । व्यावसायिक विविधताको समागम केन्द्र बुटवलमा पुनः आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०१८,अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सावित हुनेछ । यस मेलामा गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गरिनेछ ।

हाम्रो उदार यथार्थवादी, गतिशील र बहुआयामी रहिआएको नेपाली संस्कृतिको सम्बद्र्धन एवं संरक्षण हुने यस मेलाबाट विश्वास लिन सकिन्छ । यस क्षेत्रका तरकारी तथा फलफूल एवं कृषि उत्पादनका हिसाबले भइरहेको उत्पादनलाई व्यवस्थित र प्रचुर सम्भावनालाई दृष्टिगत गरी मेलामा अलगअलग पेभेलियन बनाई कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान संचालन गर्ने उद्देश्य समेत रहेको छ । औद्योगिक उत्पादन र त्यसको गुणस्तर एवं उपभोक्ता बिचको सम्बन्धमा सामिप्यता ल्याउन र लगानीकर्तालाई नयाँ उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गरी यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजनाले बुटवल तथा समग्र राष्ट्रकै गरिमा र गौरवलाई अभिवृद्धि गर्न अमूल्य योगदान पु¥याउनेछ भन्ने पूर्ण अपेक्षा गरिएको छ ।

लुम्बिनी एक्स्पो–२०१८,अन्तर्राष्ट्रिय व्यापार मेलाका उद्देश्य

- ३ वटै तहका सरकारको ध्यान केन्द्रित गराई यस क्षेत्रलाई व्यापारिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने ।
- स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने ।
- आधुनिक एवं नयाँ प्रविधि, उपकरण एवं मेशिनरीका बारेमा जानकारी गराउने ।
- उपभोक्ताहरुको रुचि पहिचान गरी सुझाव संकलन गर्ने ।
- लगानीका अवसरहरुको सिर्जना गर्ने ।
- स्थानीय बजारको विकास, विस्तार एवं विशिष्टीकरणतर्फ उन्मुख गराउने ।
- कृषिलाई व्यावसायिक आधुनिकीकरणतर्फ उन्मुख गराउने ।
- ग्रामीण बजारको विस्तार तथा प्रवद्र्धन गर्ने ।
- लुम्बिनीसहित आसपासका पर्यटकीय स्थलहरुको विकास र विस्तारमा टेवा पु¥याउने ।
- लोपोन्मुख स्थानीय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
- विभिन्न जातजाति बिच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने ।
- सरकारी नीति र कार्यान्वयनमा रहेका कठिनाईहरु औल्याई सरकारलाई व्यवहारिक सुझाव प्रदान गर्ने ।
- स्वदेशी तथा विदेशी व्यवसायीहरुसँग अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने ।
- व्यावसायिक दक्षता अभिवृद्धिका लागि राष्ट्रिय संजालसहितको अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा बुटवललाई केन्द्रबिन्दु बनाई लुम्बिनीलाई अगाडि बढाउने ।

सेवा तथा सुविधाहरु

- इन्टरनेट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिफोन÷फ्याक्स सेवा
- सुविधा सम्पन्न स्टल तथा पार्किङ्ग
- प्राथमिक उपचार एवं प्रशोधित पिउने पानी
- २४औं घण्टा सिसिटिभि सहितको सुरक्षा प्रबन्ध
- एटिएम तथा बैकिङ्ग सुविधा
- विस्तृत सूचना केन्द्र

प्रर्दशन गरिने वस्तुहरु

- दैनिक उपभोग्य वस्तु तथा सेवा
- साना तथा घरेलु उत्पादन
- जडिबुटी तथा कृषि उत्पादन
- औद्योगिक मेशिनरी तथा उपकरण
- हस्तकलाका उत्पादन
- अटोमोबाइल्स
- इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स
- मोवाइल, सूचना प्रविधि
- टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर
- फर्निचर तथा फर्निसिङ्गका सामाग्री
- निर्माण सामाग्री
- शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था
- होटल तथा रेष्टुरेण्ट

कार्यक्रम

समुद्घाटन : २०७५ पौष ५ गते, विहीबार
समय : विहान ११ः०० बजे
समापन : २०७५ पौष १८ गते, बुधबार
समय : दिउँसो ३ः०० बजे
दैनिक समय : बिहान ९ः०० देखि बेलुका ६ः०० बजेसम्म
स्थान : बुटवल मण्डप, बुटवल, रुपन्देही

रुपन्देही व्यापार संघले आयोजना गर्न लागेको लुम्बिनी एक्स्पो–२०१८,अन्तर्राष्ट्रिय व्यापार मेला (Lumbini Expo-2018,International Trade Fair) मा यहाँको सहभागिताले यस क्षेत्र र यहाँको व्यापार व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण टेवा पुग्ने विश्वासका साथ यस मेलालाई पूर्ण रुपले सफल तुल्याउन पूर्ण सहयोग हुनेछ भन्ने विश्वास लिएका छौं ।